काठमाडौं । नेपाल बिद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा दिएका छन् । पार्टी मुख्यालयमा सभापति शेरबहादुर देउवालाई भेटेर उनले पदबाट राजीनामा दिएका हुन् । नेविसंघको कार्यकाल सकिएको लामो समयसम्म महाधिबेशन गराउन नसकेको आरोप महरमाथी लागेको थियो । पार्टीले पनि उचित निर्णय लिन नसकेको भन्दै महरले राजीनामा बुझाएका छन् ।
‘ म पार्टी निर्णयको पर्खाईमा थिएँ, तर पार्टीले लामो समयसम्म निर्णय लिन सकेन’, महरले भने ‘पदमा मात्र बस्ने कुरा उपयुक्त ठानिन् त्यही भएर राजीनामा दिने निर्णयमा पुगेको छु ।’
पार्टीले निर्णय नलिएका कारण आफुले राजीनामा दिएको महरले बताएपनि सोमबार बस्ने… बिस्तृतमा
नेपाल विद्यार्थी संघका सभापति नैनसिंह महरले पदबाट राजीनामा दिएसँगै स्ववियू निर्वाचन अन्यौलमा परेको छ । सोमबार महरले कांग्रेस सभापति शेरबहादुर देउवासँग राजीनामा पत्र बुझाएपछि नजिकिँदै गरेको स्ववियु निर्वाचनमा धक्का लागेको हो ।
नेविसंघको प्रतिश्पर्धी संगठन अनेरास्ववियू र अखिल क्रान्तिकारीले चुनाव हार्ने डरले नेविसंघ भगिरहेको बताइरहेका बेला महरको राजीनामाले थप आशंका सिर्जना पैदा गरेको छ । नैनसिंह महरले राजीनामा दिए पनि नेविसंघ स्ववियू निर्वाचनमा सहभागी हुने भएको छ । नैनसिंह महरको राजीनाले स्ववियू निर्वाचनमा धक्का लागेको हो त ? भनेर हटलाइनखबरले नेपाल विद्यार्थी संघका नेविसंघको पूर्वउपाध्यक्ष ऋषिकेशजंग शाहसँग गरेको कुराकानीको अशंः
नैनसिंह… बिस्तृतमा
ऋषिकेशजंग शाह । यो पंक्तिकारको गृह जिल्ला सल्यानमा २०७० को निर्वाचनमा नेपाली कांग्रेसले तेस्रो स्थान प्राप्त गरेको थियो । ‘वामपन्थी’ पार्टीको एकीकरणपछि यही शैलीमा हिँडे अब १० वर्ष कांग्रेसले सल्यानमा विजय हासिल गर्न कठिन छ ।
यो कथा सल्यानको मात्र नभई ताप्लेजुङदेखि दार्चुलासम्मको हो । तराईको अवस्था पनि योभन्दा फरक छैन भन्ने निर्वाचनबाट प्रमाणित भइसक्यो।अहिले चियापसलदेखि प्रमुख मिडियासम्म सुनिन–देखिन थालेको छ— अब कांग्रेसका दिन फर्किन गाह्रो छ । पहिलो र तेस्रो ठूलो दल मिलेपछि दोस्रो उसै सानो हुने सामान्य अंकगणित पनि नजानेर हो वा नजानेको जस्तो गरेर हो, विश्लेषणको भुलभुलैया… बिस्तृतमा
काठमाडौं । जर्वजस्ती चिकित्सा शिक्षा ऐन पारित गर्न खोजेर सरकारले भिडन्तको स्थिति निम्त्याएको कांगेस नेता गगन थापाको अभिव्यक्तिमा गलत नियतका साथ धम्कीपूर्ण अभिव्यक्ति दिने अखिलका महासचिव ऐन महरलाई विद्यार्थी नेता ऋषिकेश शाहले मुखभरीको जवाफ दिएका छन् । सामाजिक सञ्जाल मार्फत शाहले महरलाई जवाफ फर्काएका हुन् ।
प्रिय मित्र ऐन महर जी
अखिल महासचिब !
बागबजार !
जनतालाई शोषण गरी निश्चित मेडिकल माफ़ियाहरूको हित हुने गरी सरकारले बलजफती पास गर्न खोजेको चिकित्साशास्त्र बिधेयक माथी मुलुकको सबभन्दा पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसको गंभीर असहमति रहेको देशलाई जानकारी छ। नेपाली कांग्रेस… बिस्तृतमा
कांग्रेसले देशमा लोकतान्त्रिक परिपाटीका लागि सात दशक लड्यो । तर, आज त्यही प्रणालीविरोधी दर्शन बोकेको कम्युनिस्ट पार्टी दुईतिहाइ शक्तिसाथ सरकारमा छ । कांग्रेस भने आन्तरिक किचलोमै अल्झिएको छ । यही परिवेशमा कांग्रेसलाई जीवन्तता दिने अपेक्षा गरिएको बहुप्रतीक्षित महासमिति बैठक सम्पन्न भयो । र, महासमितिको आदेश कार्यान्वयनको योजना बनाउन कांग्रेस केन्द्रीय समिति बैठक सुरु भएको छ । केन्द्रीय समितिले हामी कहाँ चुक्यौँ भनेर गम्भीर समीक्षा गर्न आवश्यक छ र चार वर्षपछि आउने निर्वाचन हाम्रा लागि अन्तिम अवसर हो, त्यो निर्वाचनमार्फत कांग्रेसले आफ्नै बहुमतको सरकार निर्माण गर्न पार्टीलाई कसरी पुनर्जीवन दिने र… बिस्तृतमा
ऋषिकेश जंग शाह, माघ २३ । राजनैतिक रुपले विघटित मध्यपश्चिम विकास क्षेत्रको मध्य भागमा अवस्थित सल्यान जिल्ला सम्भवतः नेपालका सुन्दर पहाडी जिल्लाको पंक्तिमा पर्दछ ।
राणाकालमा सल्यान गौंडाको रुपमा विभूषित यस जिल्लाको स्मरणीय प्रशासनिक इतिहास रहेको छ । बडामहाराजाधिराज पृथ्वीनारायण शाहसँग पनि जोडिनुले पनि सल्यानको महत्व राणाकाल भन्दा अगाडिको भएको झल्काउँछ ।
राजा, महाराजा, सामन्त र ठालूहरुबाट प्रभावित तर शिक्षाको समयानुकूल विकास हुन नसकेको सल्यानमा पञ्चायतको अन्तिम अवस्थामा त्यही सामन्ती अवरोधको जिल्लाबाट राजनीतिमा उदाएका राष्ट्रवादी पञ्चको रुपमा मरिचमान सिंह नेपालको प्रधानमन्त्री बने ।
२०४६ सालको परिवर्तन भयो । पुराना मानिसहरु जो समाजको… बिस्तृतमा
कार्तिक ४, २०७३- केही अघि हालका एक मन्त्रीले एउटा लिखित अन्तर्वार्तामा भनेका छन्, ‘कम्युनिस्टलाई रोप्नुपर्छ, कांग्रेस आफैं उम्रिन्छ ।’ सोचेको थिएँ, आफूलाई रोपिएको भनाउने मन्त्रीले भनेका कुराबारे आफैं उम्रिएका हामीबाट छलफल र बहस होला । तर यसबारे कतैबाट तर्क/वितर्क भएको सुनिएन । बरु हाम्रै नेताले उक्त अन्तर्वार्ता ‘सेयर’ र ‘रिट्विट’ गरेको भेट्टाएँ ।
कांग्रेस आफैं उम्रिन्छन् भन्नुको अर्थ राणाकालदेखि बीपी, सुवर्ण, गणेशमान हुँदै देउवासम्मले गरेका खनजोत र गोडमेलको अपमान होइन ? के हामी आफैं उम्रिने वनमारा झार या जंगलका झाडी हौं र कम्युनिस्ट नर्सरीका बिरुवा हुन् ? २०६२/६३ सालको जनआन्दोलनलाई… बिस्तृतमा