नेपाल विद्यार्थी संघका सभापति नैनसिंह महरले पदबाट राजीनामा दिएसँगै स्ववियू निर्वाचन अन्यौलमा परेको छ । सोमबार महरले कांग्रेस सभापति शेरबहादुर देउवासँग राजीनामा पत्र बुझाएपछि नजिकिँदै गरेको स्ववियु निर्वाचनमा धक्का लागेको हो ।
नेविसंघको प्रतिश्पर्धी संगठन अनेरास्ववियू र अखिल क्रान्तिकारीले चुनाव हार्ने डरले नेविसंघ भगिरहेको बताइरहेका बेला महरको राजीनामाले थप आशंका सिर्जना पैदा गरेको छ । नैनसिंह महरले राजीनामा दिए पनि नेविसंघ स्ववियू निर्वाचनमा सहभागी हुने भएको छ । नैनसिंह महरको राजीनाले स्ववियू निर्वाचनमा धक्का लागेको हो त ? भनेर हटलाइनखबरले नेपाल विद्यार्थी संघका नेविसंघको पूर्वउपाध्यक्ष ऋषिकेशजंग शाहसँग गरेको कुराकानीको अशंः
नैनसिंह महरले राजीनामा दिएसँगै नेविसंघमा आबद्ध विद्यार्थीहरु अविभावक विहीन अथवा टुहुरा जस्ता भए भनिएको छ । के सत्य हो ?
सभापतिको निश्चित समयावधी हुन्छ । त्यो समयावधी र विधि विधानअनुसार काम गर्न नसकेपछि संगठनको जिम्मेवारी हेरफेर हुने नियमित प्रक्रिया हो । केही दिनमा यो समस्या समाधान भइहाल्छ । यसलाई टुहरा भएको महशुस गर्नुपर्ने विषय केही छैन् ।
अहिले नै तत्काल स्ववियू निर्वाचनको वातावरण बनेको छैन् । तत्काल स्ववियू निर्वाचन घोषणा हुन्छ भन्ने मलाई लाग्दैन् ।
स्ववियू निर्वाचनको मिति नजिकिरहँदा उहाँको राजीनामाले के असर पार्छ त ?
स्ववियू निर्वाचनको वातावरण बनेको छैन । हाम्रा प्रतिपक्षी – प्रतिष्पर्धी संगठनहरु (अखिल क्रान्तिकारी र अनेरास्ववियु )को एकता पनि टुंगिएको छैन् । नेपाल विद्यार्थी संगठन एउटा आन्दोलनको अवस्थामा छ । अहिले नै तत्काल स्ववियू निर्वाचनको वातावरण बनेको छैन। तत्काल स्ववियू निर्वाचन घोषणा हुन्छ भन्ने मलाई लाग्दैन् ।
अखिल (क्रान्तिकारी) र अनेरास्ववियु आन्तरिक समस्यामा अल्झिएको बेला नेविसंघको टाउकोमा दोष थुपारेर आफू चाँही पानीमाथिको ओभानो बन्ने उहाँहरुको कोशिस हो ।
अखिल र अनेरास्ववियूले तोकिएकै मितिमा निर्वाचन गर्नूपर्ने पटक–पटक माग गर्दै आइरहेको छ । तपाईहरु चाँही निर्वाचनबाट किन भागेको ?
होइन, विश्वविद्यालयले स्ववियू निर्वाचनको मिति घोषणा गर्यो भने हामी स्वः स्फूर्त रुपमा देशभरीका साथीहरुलाई त्यसमा परिचालन गरे केन्द्रीय समिति नहुँदा पनि पार्टीकै ह्याण्डलबाट हामी निर्वाचनमा जान तयार छौं । त्यसबाट भाग्ने कुरा आउँदैन् । तर, यस्तो अस्तव्यस्तको अवस्थामा चाँही स्ववियू निर्वाचन हुन्छ भन्ने मलाई लाग्दैन् ।
विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन घोषणा गर्छ भने हामी चाँही पार्टीको कमाण्डमा रहेर भए पनि नेविसंघ स्ववियुको निर्वाचनमा भाग लिन तयार छ ।
यहाँ के खेल भइरहेको छ भने हाम्रा प्रतिष्पर्धी संगठनका पार्टी र संगठन दुईवटै यस्तो तिकडम्ब अवस्थामा हुनुहुन्छ । आफ्नो आन्तरिक समस्यामा अल्झिएको बेला अरुलाई दोष देखाएर, नेविसंघको टाउकोमा दोष थुपारेर आफू चाँही पानीमाथिको ओभानो बन्ने उहाँहरुको कोशिस हो भन्ने मलाई लाग्छ ।
कतै तपाईहरु चुनाव हार्ने डरले भाग्नुभएको त होइन ?
नेपालमा आवधिक निर्वाचन र कानुनी राज्यका लागि हामी ७० वर्षदेखि यो देशमा संर्घष गरिरहेको पार्टी हो । नेपालमा यो परिपाटी निर्वाचनमार्फत जनप्रतिनिधि होस् या विद्यार्थीको प्रतिनिधि चुनिने प्रतिनिधिको वकालत हामीले गर्दै आएको हो र यो सिस्टम हामीले बसालेको हो ।
यसकाविरुद्ध नेविसंघ जाने भन्ने कुरै आउँदैन । विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन घोषणा गर्छ भने हामी चाँही पार्टीको कमाण्डमा रहेर भए पनि नेविसंघ स्ववियुको निर्वाचनमा भाग लिन तयार छ ।
हटलाइनखबरमा २९ माघ, २०७५ मा प्रकाशित अन्तर्बार्ता ।