मेरा राजनैतिक जिवनका दृष्टी तथा उदेश्यहरु

Rishikesh Jung Shah

ऋषिकेश जंग शाहको जन्म सल्यान जिल्ला शारदा नगरपालिका वडा नं. १४ मा भएको हो । उनी पिता प्रमोज जंङशाह र माता मिना शाहको जेठो सन्तान हुन । शाह सल्यानको मध्यम बर्गीय किसान परिवारमा जन्मेर हुर्किएका हुन । २०४५ सालमा नेपाल बिध्यार्थीसंघमा आबद्द भएर बिध्यार्थी राजिनिती सुरु गरेका शाह २०५० सालमा सल्यान क्याम्पसको सस्थापक स्वबियु सचिब भएका थिए । २०५७ सालमा नेपाल बिध्यार्थीसंघ सल्यानको जिल्ला सभापति हुदै २०५९ नेपाल बिध्यार्थीसंघको केन्द्रिय सद्स्यमा चुनिएका थिए र २०६९ सालमा पनि नेपाल बिध्यार्थीसंघको केन्द्रिय सदस्य भएका थिए । त्यस्तै नेपाली कांग्रेसको ११ औ महाधिबेसनमा महाधिबेसन प्रतिनिधि र १२ औ र १३ औ महाधिबेसनमा माहासमिती सद्स्यको भुमिकामा रहेका छन । उनी २०६४ सालमा नेपाल बिध्यार्थी संघको केन्द्रिय उपाध्यक्ष र २०६२ सालको स्व.बि.यु चुनाबमा त्रिभुवन बिश्वबिध्यालय कीर्तिपुरबाट उपसभापतिको उम्मेद्वार भएका थिए । साथै २०६९ सालमा शेर बहादुर देउवा पक्ष बाट ४८ जना केन्द्रिय सद्स्यहरुको नेतृत्व गर्दै नेपाल बिध्यार्थीसंघको महाधिबेसन सम्पन्न गराउन महत्वपुर्ण भुमिका निर्बाह गरेका थिए । लामो समय सम्म बिध्यर्थी राजनितिमा लागेका शाह सल्यान जिल्ला लगाएत देशकै प्रखर युबा नेतामा पर्दछन । राजनितिसँगै सुचना प्रबिधि तथा समाजिक अभियानका बिबिध कार्य गर्दै आएका शाह देश र समाजको समृद्धी र परिबर्तनका खातिर समर्पित जुझारु युवानेता हुन ।

मेरा राजनैतिक उदेश्यहरु

  • १. २१ औ शताब्दी अनुकुलको काँग्रेस निर्माण गर्ने
  • २. नेपाल दुरसंञ्चार प्राधिकरणमा जगेडा रहेको ११ अर्ब रुपैयालाई प्रयोग गरि देशभरी एकै पल्ट ईन्टरनेट बिस्तार गर्ने ।
  • ३. हरेक निर्बाचन क्षेत्रमा १/१ वटा प्राबिधिक शिक्षालय स्थापना गर्ने निर्णय पारित गराउने ।
  • ४. हरेक अञ्चलमा १/१ वटा कृषी क्यामपस स्थापना गर्ने
  • ५. देशको दुर्गम तथा ग्रामिण क्षेत्रको बिकासलाई प्राथमिकता दिने

ऋषिकेश जंग शाहको महत्वपुर्ण राजनैतिक पृष्ठभुमी

  • १. २०४५ सालमा नेपाल बिध्यार्थि संघमा आबद्ध ।
  • २. २०५० सालमा स्वतन्त्र बिध्यार्थि युनियनको सचिब ।
  • ३. २०५७ सालमा नेपाल बिध्यार्थि संघ जिल्ला अध्यक्ष ।
  • ४. २०५९ सालमा नेपाल बिध्यार्थी संघ केन्दिय सदस्य ।
  • ५. नेपाली काङ्ग्रेस महाधिबेशन प्रतिनिधी ११ औ महाधिवेशन ।
  • ६. २०६४ नेपाल बिध्यार्थी संघ केन्दिय उपाध्यक्ष ।
  • ७. नेपाली काङ्ग्रेस महासमिति सदस्य १२ औ महाधिबेसन ।
  • ८. नेपाल बिध्यार्थी संघ केन्द्रिय सदस्य २०६९ ।
  • ९. स्व.बि.यु उपसभापति उम्मेद्धार २०६२ त्रि.बि.बि कीर्तिपुर ।
  • १०. नेपाली काङ्ग्रेस महासमिति सदस्य १२ औ महाधिबेशन ।

“समाज परिवर्तनका खातिर समर्पित युबा नेता”

Unsplashed background img 3

Facebook

Follow me on Facebook Page

Twitter

Follow me on Twitter

Youtube

Follow me on Youtube