सल्यानको सम्भाव्यता तथा समृद्धिका लागि युवाहरुको भूमिका

सल्यानको सम्भाव्यता तथा समृद्धिका लागि युवाहरुको भूमिका

ऋषिकेश जंग शाह, माघ २३ । राजनैतिक रुपले विघटित मध्यपश्चिम विकास क्षेत्रको मध्य भागमा अवस्थित सल्यान जिल्ला सम्भवतः नेपालका सुन्दर पहाडी जिल्लाको पंक्तिमा पर्दछ ।

राणाकालमा सल्यान गौंडाको रुपमा विभूषित यस जिल्लाको स्मरणीय प्रशासनिक इतिहास रहेको छ । बडामहाराजाधिराज पृथ्वीनारायण शाहसँग पनि जोडिनुले पनि सल्यानको महत्व राणाकाल भन्दा अगाडिको भएको झल्काउँछ ।

राजा, महाराजा, सामन्त र ठालूहरुबाट प्रभावित तर शिक्षाको समयानुकूल विकास हुन नसकेको सल्यानमा पञ्चायतको अन्तिम अवस्थामा त्यही सामन्ती अवरोधको जिल्लाबाट राजनीतिमा उदाएका राष्ट्रवादी पञ्चको रुपमा मरिचमान सिंह नेपालको प्रधानमन्त्री बने ।

२०४६ सालको परिवर्तन भयो । पुराना मानिसहरु जो समाजको नेतृत्वमा स्थापित थिए ती शक्ति विभिन्न प्रजातान्त्रिक आन्दोलनमा होमिएका थोरै मानिसहरु बाहेक समाजमा वैकल्पिक नेतृत्व तयार भएको थिएन । 

प्रतिक्रिया

थप पढनुहोस

Facebook

Follow me on Facebook Page

Twitter

Follow me on Twitter

Youtube

Follow me on Youtube