पारिवारीक तथा राजनैतिक पृष्ठभुमी

Rishikesh Jung Shah

ऋषिकेश जंग शाहको जन्म सल्यान जिल्ला शारदा नगरपालिका वडा नं. १४ मा भएको हो । उनी पिता प्रमोज जंङशाह र माता मिना शाहको जेठो सन्तान हुन । शाह सल्यानको मध्यम बर्गीय किसान परिवारमा जन्मेर हुर्किएका हुन । २०४५ सालमा नेपाल बिध्यार्थीसंघमा आबद्द भएर बिध्यार्थी राजिनिती सुरु गरेका शाह २०५० सालमा सल्यान क्याम्पसको सस्थापक स्वबियु सचिब भएका थिए ।२०५७ सालमा नेपाल बिध्यार्थीसंघ सल्यानको जिल्ला सभापति हुदै २०५९ नेपाल बिध्यार्थीसंघको केन्द्रिय सद्स्यमा चुनिएका थिए र २०६९ सालमा पनि नेपाल बिध्यार्थीसंघको केन्द्रिय सदस्य भएका थिए । त्यस्तै नेपाली कांग्रेसको ११ औ महाधिबेसनमा महाधिबेसन प्रतिनिधि र १२ औ र १३ औ महाधिबेसनमा माहासमिती सद्स्यको भुमिकामा रहेका छन ।उनी २०६४ सालमा नेपाल बिध्यार्थी संघको केन्द्रिय उपाध्यक्ष र २०६२ सालको स्व.बि.यु चुनाबमा त्रिभुवन बिश्वबिध्यालय कीर्तिपुरबाट उपसभापतिको उम्मेद्वार भएका थिए । साथै २०६९ सालमा शेर बहादुर देउवा पक्ष बाट ४८ जना केन्द्रिय सद्स्यहरुको नेतृत्व गर्दै नेपाल बिध्यार्थीसंघको महाधिबेसन सम्पन्न गराउन महत्वपुर्ण भुमिका निर्बाह गरेका थिए । लामो समय सम्म बिध्यर्थी राजनितिमा लागेका शाह सल्यान जिल्ला लगाएत देशकै प्रखर युबा नेतामा पर्दछन ।राजनितिसँगै सुचना प्रबिधि तथा समाजिक अभियानका बिबिध कार्य गर्दै आएका शाह देश र समाजको समृद्धी र परिबर्तनका खातिर समर्पित जुझारु युवानेता हुन ।

ऋषिकेश जंग शाहको महत्वपुर्ण राजनैतिक पृष्ठभुमी

  • १. २०४५ सालमा नेपाल बिध्यार्थि संघमा आबद्ध ।
  • २. २०५० सालमा स्वतन्त्र बिध्यार्थि युनियनको सचिब ।
  • ३. २०५७ सालमा नेपाल बिध्यार्थि संघ जिल्ला अध्यक्ष ।
  • ४. २०५९ सालमा नेपाल बिध्यार्थी संघ केन्दिय सदस्य ।
  • ५. नेपाली काङ्ग्रेस महाधिबेशन प्रतिनिधी ११ औ महाधिवेशन ।
  • ६. २०६४ नेपाल बिध्यार्थी संघ केन्दिय उपाध्यक्ष ।
  • ७. नेपाली काङ्ग्रेस महासमिति सदस्य १२ औ महाधिबेसन ।
  • ८. नेपाल बिध्यार्थी संघ केन्द्रिय सदस्य २०६९ ।
  • ९. स्व.बि.यु उपसभापति उम्मेद्धार २०६२ त्रि.बि.बि कीर्तिपुर ।
  • १०. नेपाली काङ्ग्रेस महासमिति सदस्य १२ औ महाधिबेशन ।

“समाज परिवर्तनका खातिर समर्पित युबा नेता”

Unsplashed background img 3

Facebook

Follow me on Facebook Page

Twitter

Follow me on Twitter

Youtube

Follow me on Youtube