“समाजिक अभियानता”

Rishikesh Jung Shah “Politician From Nepal”


Rishikesh Jung Shah

पारिवारीक तथा राजनैतिक पृष्ठभुमी

ऋषिकेश जंग शाहको जन्म सल्यान जिल्ला शारदा नगरपालिका वडा नं. १४ मा भएको हो । उनी पिता प्रमोज जंङशाह र माता मिना शाहको जेठो सन्तान हुन । शाह सल्यानको मध्यम बर्गीय किसान परिवारमा जन्मेर हुर्किएका हुन । २०४५ सालमा नेपाल बिध्यार्थीसंघमा आबद्द भएर बिध्यार्थी राजिनिती सुरु गरेका शाह २०५० सालमा सल्यान क्याम्पसको सस्थापक स्वबियु सचिब भएका थिए । २०५७ सालमा नेपाल बिध्यार्थीसंघ सल्यानको जिल्ला सभापति हुदै २०५९ नेपाल बिध्यार्थीसंघको केन्द्रिय सद्स्यमा चुनिएका थिए र २०६९ सालमा पनि नेपाल बिध्यार्थीसंघको केन्द्रिय सदस्य भएका थिए । त्यस्तै नेपाली कांग्रेसको ११ औ महाधिबेसनमा महाधिबेसन प्रतिनिधि र १२ औ र १३ औ महाधिबेसनमा माहासमिती सद्स्यको भुमिकामा रहेका छन । उनी २०६४ सालमा नेपाल बिध्यार्थी संघको केन्द्रिय उपाध्यक्ष र २०६२ सालको स्व.बि.यु चुनाबमा त्रिभुवन बिश्वबिध्यालय कीर्तिपुरबाट उपसभापतिको उम्मेद्वार भएका थिए । साथै २०६९ सालमा शेर बहादुर देउवा पक्ष बाट ४८ जना केन्द्रिय सद्स्यहरुको नेतृत्व गर्दै नेपाल बिध्यार्थीसंघको महाधिबेसन सम्पन्न गराउन महत्वपुर्ण भुमिका निर्बाह गरेका थिए । लामो समय सम्म बिध्यर्थी राजनितिमा लागेका शाह सल्यान जिल्ला लगाएत देशकै प्रखर युबा नेतामा पर्दछन । राजनितिसँगै सुचना प्रबिधि तथा समाजिक अभियानका बिबिध कार्य गर्दै आएका शाह देश र समाजको समृद्धी र परिबर्तनका खातिर समर्पित जुझारु युवानेता हुन ।

बिस्तृतमा

“समाज परिवर्तनका खातिर समर्पित युबा नेता”

Unsplashed background img 3

Facebook

Follow me on Facebook Page

Twitter

Follow me on Twitter

Youtube

Follow me on Youtube