गगनलाई धम्क्याउने महरलाई ऋषिकेशको जवाफ, 'त्रिचन्द्र हाम्रै आँगन हो, भिड्न जहाँ पनि तयार छौं'

गगनलाई धम्क्याउने महरलाई ऋषिकेशको जवाफ, 'त्रिचन्द्र हाम्रै आँगन हो, भिड्न जहाँ पनि तयार छौं'

काठमाडौं । जर्वजस्ती चिकित्सा शिक्षा ऐन पारित गर्न खोजेर सरकारले भिडन्तको स्थिति निम्त्याएको कांगेस नेता गगन थापाको अभिव्यक्तिमा गलत नियतका साथ धम्कीपूर्ण अभिव्यक्ति दिने अखिलका महासचिव ऐन महरलाई विद्यार्थी नेता ऋषिकेश शाहले मुखभरीको जवाफ दिएका छन् । सामाजिक सञ्जाल मार्फत शाहले महरलाई जवाफ फर्काएका हुन् ।

प्रिय मित्र ऐन महर जी
अखिल महासचिब !
बागबजार !

जनतालाई शोषण गरी निश्चित मेडिकल माफ़ियाहरूको हित हुने गरी सरकारले बलजफती पास गर्न खोजेको चिकित्साशास्त्र बिधेयक माथी मुलुकको सबभन्दा पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसको गंभीर असहमति रहेको देशलाई जानकारी छ। नेपाली कांग्रेस जनताको उत्थानको लागी जन्मिएको पार्टी हो जनताको पक्षमा लड़छ। यही बिषयमा जारी असहमतिलाई लिएर नेपाली कांग्रेसका लोकप्रिय नेता गगन थापालाई तपाईले व्यक्तिगत रूपले चुनौती दिएको देखेर उदेक लागेको छ। तपाईको अभिव्यक्तिले  नेतादेखी कार्यकर्ता समेतमा रहेको दुई तिहाईको दम्भ सदनदेखि सडक हुदै बजारदेखि गाऊँ सम्म छताछुल्ल भएको छ।

दुई तिहाई जनमत देशको समृद्धि र बिकासका लागी प्राप्त भएको थियो तर दुई तिहाई जनमत प्रदान गर्ने तिनै जनतालाई शोषण, लूटपाट,असुरक्षा र डरधम्की दिएर जाने हो भने नेपाली कांग्रेस र यसका कार्यकर्ता चुप लागेर बस्ने अवस्था रहदैन।

लोकतान्त्रिक परिपाटीको सुरक्षा , जनताको हक र हित अनि न्यायका लागी , अन्याय अत्याचार र भ्रस्टाचारका विरुद्ध हामी उभिने छौ । त्रिचन्द्रको कुरा नगरौ त्यो त हाम्रै आगन हो हामी कम्युनिस्टअधिनायकबादका  विरुद्ध सबै क्याम्पस, सबै स्कूल र देशका क़ुना कंदरा सबैतिर लडन तयार छौ।

दुई तिहाईको दम्भ परित्याग गरौ । देशलाई लोकतान्त्रिक संसदिय परिपाटी र बिधान अनुसार संचालन गरौ । यो देशलाई अशान्तिको दलदलबाट निकालेको कांग्रेसले यो देशमा पहिलो पटक मुक्तिसेना गठन गरी राणा शासनको अन्त गरेको थियो स्मरण रहोस ।

प्रतिक्रिया

थप पढनुहोस

Facebook

Follow me on Facebook Page

Twitter

Follow me on Twitter

Youtube

Follow me on Youtube